मेलबर्न अष्ट्रेलिया । महिला विश्वकप फुटबलको आयोजक तथा घरेलु टोली अष्ट्रेलिया स्विडेनसँग पराजित भएको छ। आज ब्रिस्वेनमा भएको खेलमा अष्ट्रेलिया स्विडेनसँग २–० गोल अन्तरले पराजित भएको हो।
जितसँगै स्विडेनले फिफा महिला विश्वकपको तेस्रो स्थान हासिल गरेको छ।
स्विडेनका लागि फ्रिडोलिना रोल्फो र कोसाभारे अस्लानीले गोल गरिन। सेमिफाइनलमा स्विडेन स्पेनसँग र अष्ट्रेलिया इंग्ल्याण्डसँग पराजित भएका थिए ।
महिला विश्वकप फुटबलको फाइनलमा भोलि इंग्ल्याण्ड र स्पेन खेल्ने छन्। दुवै टोली पहिलोपटक फाइनलमा पुगेका हुन्। अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्वकपमा ३२ टोली सहभागी थिए।
प्रतिक्रिया