निजमका तिन लघु चलचित्रहरु

निजमका तिन लघु चलचित्रहरु


एडिलेड अष्ट्रेलिया ।

अष्ट्रेलियाको एडिलेडमा रहेर संचार तथा भिडियो निर्माणमा लागेका निजम केशीले मानिसमा देखिने समस्या ग्रस्त मनोविज्ञान वारेमा तिन लघु कथाको भिडियो हालै सार्वजनिक गरेका छन्।

संसारमा देश होस कि घर, समाज होस कि परिवार त्यसको अगुवाको मनोविज्ञानले धेरै राम्रा पनि कुरा भएका छन् । धेरै नराम्रा पनि कुरा भएका छन्। विगतमा हाम्रो समाजमा फलानो ज्ञानी, फलानोको मानसिक सन्तुलन विग्रेको सम्म भन्यो सक्यो हुन्थ्यो। तर अहिले मानसिक स्वास्थ्यलाई पनि महत्व दिन थाले पछि त्यसले धेरै मनोविज्ञानमा देखिने समस्याहरुको उपचार सहज भएको छ।

कथामा अभिनयमा समेत दुरुस्तै उतारेका केशीले पहिलो भिडियोमा भविष्य वाणी गर्न सक्ने क्षमताबारेमा देखाउने प्रयास गरेका छन्। मनोविज्ञानमा आधारित भिडियो मध्यको दोस्रोमा अपराधिक वाल मनोविज्ञानलाई देखाउन खोजेका छन्। जसको वच्चा देखिकै मनोविज्ञानले ठुलो भए पछि पनि परिवार भित्रै भाउजु माथीको हिंसालाई देखाईएको छ।

त्यसै गरि तेस्रो कथामा प्रेमीका संगको विकृत प्रेमलाई देखाउन खोजेका छन्। जसमा एक युवकले प्रेमीकालाई खुशी देख्न साथीकै हत्या गर्छ। अन्धो प्रेमले मिल्ने साथीको हत्या गरेर कथा समाप्त हुन्छ।

निजम केशी फिल्मस(Nizam KC Films)ले निर्माण गरेको उक्त तीन लघु चलचित्र संग्रहको एउटा कथा नेपाल र दुईवटा कथा अष्ट्रेलियामा छायांकन गरिएको छ। जसको कथा लेखन र निर्देशन समेत केशीले नै गरेको छन्।