काठमाडौँ ।
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममितिसम्बन्धी कागजात मगाउने आदेश दिएको छ।
बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ।
कागजातमा किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ। उक्त विवरण नमिलेको देखिँदा आमाको उमेर एकिन गर्न कागजात मगाइएको हो।
प्रतिक्रिया