नेपाली सोसाइटी अफ तास्मानियाको साधारण सभा अगस्ट १९ मा, सदस्यता नवीकरणको समय दुई दिन थप

नेपाली सोसाइटी अफ तास्मानियाको साधारण सभा अगस्ट १९ मा, सदस्यता नवीकरणको समय दुई दिन थप


होबार्ट अष्ट्रेलिया ।

नेपाली सोसाइटी अफ तास्मानियाको साधारण सभा अगस्ट १९ तारिखमा हुने भएको छ। तास्मानियाको सबै भन्दा जेठो नेपाली संस्था नेपाली सोसाइटी अफ तास्मानीयाले शनिबार १२ बजेदेखि दिउँसो ४ बजेसम्म मल्टिकल्र्चरल हब मोनामा साधारण सभा गर्न लागेको हो। 

सोसाइटीले सदस्यता नवीकरणका लागि पनि दुई दिनको समय थप गरेको छ। सोसाइटीले यसअघि १५ अगस्ट समय सीमा निर्धारण गरेको थियो। थपेको समय अनुसार अगस्ट १७ गते सम्म सदस्यता नवीकरण गर्न सकिने छ। सदस्यताका लागि १० अष्ट्रेलियन डलर शुल्क लाग्ने सोसाइटीका अध्यक्ष तोयाराज भट्टराई केबीसीलाई जानकारी दिए।

सोसाइटीले नयाँ कार्यसमितिका लागि उम्मेदवारी दिन पनि आह्वान गरेको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष एक–एक जना र ५ जना सदस्यका लागि इच्छुक व्यक्तिले उम्मेदवारी दर्ता गर्न सकिने सोसाइटीले जनाएको छ। उम्मेदवारी दर्ताको अगस्ट १७ गतेका लागि तोकिएको छ। 

नेपाली सोसाइटी अफ तास्मानियाले विदेशी भुमीमा रहेर पनि नेपाली भाषा, कला संस्कृतिको जगेर्ना गर्दै आएको छ। सोसाइटीले संगीत सम्बाद रेडियो कार्यक्रम र नेपाली पाठशालाको माध्यमाबाट हुर्किँदै गरेको पछिल्लो नेपाली पुस्तालाई नेपाली भाषा, कला संस्कृतिमा जोड्न काम गर्दै आएको छ। 

नयाँ सदस्यता लिन र नवीकरणका लागि यहाँ क्लिक गर्नुहोस्।