सेप्टेम्बर २ तारिख एनआरएन अष्ट्रेलियाले एक्सीलेन्स एवार्ड वितरण गर्ने !

सेप्टेम्बर २ तारिख एनआरएन अष्ट्रेलियाले एक्सीलेन्स एवार्ड वितरण गर्ने !

२० अगष्टसम्म प्राप्त हुने नोमिनेशनका आधारमा एवार्ड प्रदान गरिने


मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा वितरण गर्दै आएको एक्सीलेन्स एवार्ड यस वर्ष सेप्टेम्बर २ तारिखमा प्रदान गर्ने भएको छ । यसको लागि सोमबारबाट नोमिनेशन खुल्ला भएको एवार्ड कमिटीका संयोजक भिष्म भण्डारीले केविसीखबरलाई जानकारी दिए । उनका अनुसार २० अगष्टसम्म प्राप्त हुने नोमिनेशनका आधारमा एवार्ड प्रदान गरिनेछ ।

एक साताको समय राखेर नोमिनेशनल खोलिएको भएपनि अष्ट्रेलियामा रही विभिन्न विधामा काम गरिरहेका उत्कृष्ट व्यक्तिहरुको छनोट त्यति गाह्रो नहुने उनले बताए ।

उनका अनुसार यस वर्ष १३ विभिन्न विधामा एवार्ड प्रदान गरिनेछ जसमा स्टुडेन्ट अफ दि ईयर (१२ लेभल) स्पोर्टस पर्सन अफ दि ईयर ओभर १८, नेप्लीज कल्चरल एम्बासडर अफ दि ईयर, एनआरएन अष्ट्रेलिया अफ दि ईयर, एनआरएन अष्ट्रेलिया युथ अफ दि ईयर, एनआरएन अष्टे्रलिया ओमन अफ दि ईयर, फ्रेड्स अफ नेपाल अफ दि ईयर, विजनसेस पर्सन अफ दि ईयर, कम्युनिटी सर्भिस पर्सन अफ दि ईयर, अर्गनाईजेशन अफ दि ईयर, मेडिया पर्सन अफ दि ईयर, स्टेट पर्सन अफ दि ईयर रहेका छन् ।

तपाईं पनि कसैलाई नोमिनेट गर्न चाहनुहुन्छ ? यो लिंकमा क्लीक गर्नुस् >> Click here to nominate

एनआरएन अष्ट्रेलियाका महासचिव राजु अधिकारीले २० अगष्टको मध्यरातभित्रमा प्राप्त भएका नोमिनेशनमा छनोट समितिले काम गर्ने जानकारी दिए । गैरआवासीय नेपाली संघले आगामी सेप्टेम्बर २ तारिखका दिन सिड्नीमा पदहस्तान्तरण कार्यक्रम आयोजना गर्दैछ ।

वार्षिक साधारणसभापछि पद हस्तान्तरण गरिने र उक्त अवसरमा नै यी एवार्डहरु समेत वितरण गर्ने तयारी गरिएको अधिकारीको भनाई छ ।