कानुनमन्त्री गुरुङ उपचारपछि घर फिर्ता

कानुनमन्त्री गुरुङ उपचारपछि घर फिर्ता


कामठाडौँ ।

नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ स्वास्थ्य उपचारपछि आइतबार घर फर्केका छन्।

कानुनमन्त्री गुरुङ गत बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि उपचारका लागि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

मन्त्री गुरुङ स्वास्थ्य लाभ गरी केहीबेर अघि मन्त्री क्वार्टर पुल्चोक फर्केको उनका स्वकीय सचिव प्रेमप्रकाश केसीले जानकारी दिए। अस्पतालमा रहँदा मन्त्री गुरुङलाई त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरेको थियो।