काठमाडौँ ।
नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको छ।
बिहीबार बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि महराजगन्जस्थित मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको हो।
मन्त्री गुरुङका स्वकीयसचिव प्रेमप्रकाश केसीले मुटुको चाप तलमाथि भइरहेकाले लगाइएको ‘हल्टर मोनिटर’ अहिले निकालिएको बताए। उनलाई अहिले ‘अब्जर्वेशन’ मा राखिएको छ।
मन्त्री गुरुङलाई हाल त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरिरहेको छ।
प्रतिक्रिया