अर्जननरसिंहको प्रश्नः शर्मालाई पक्राउ गरेर ‘सुन तस्कर’ लाई प्रोत्साहन गरेको त होइन ?

अर्जननरसिंहको प्रश्नः शर्मालाई पक्राउ गरेर ‘सुन तस्कर’ लाई प्रोत्साहन गरेको त होइन ?


काठमाडौँ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो आफ्ना पार्टीका सांसद सुनिल शर्मा पक्राउ गरे पछि सो पार्टीका नेताहरु भने सशंकित हुन पुगेका छन् ।

पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुँदै आएका सांसद शर्मालाई झन्डै ३० वर्ष अघिको नक्कली सर्टिफिकेट प्रकरणमा हाल पक्राउ गरेपछि सत्तारुढ कांग्रेसका नेताहरु नै सशंकित हुन पुगेका हुन् ।

कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका व्यक्त गरेका छन्।

‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे को छानबिन ‘अपरेशन क्वाक’ ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो,ण् त्यही केस हाल आएर सिआईवि ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा भनेका छन, ‘संसदमा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्धस्तरमा ताते को हो रु या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ।’