काठमाडौँ ।
सुनील शर्माको सचिवालयले सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा उनलाई पक्राउ गरेको बताएको छ।
शर्माको सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साँध्न उनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको हो।
‘सुन तस्करीको विषयलाई लिएर संघीय सदनमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण संसद्को अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिनाअनुमति र पक्राउ पुर्जीसमेत जारी नगरी सीआईबीले क्रुरतापूर्वक पक्राउ गरेको कुरा आम जनसमुदायमा जानकारी गराउँदछौँ,’ सांसद शर्माका स्वकीय सचिव विवेक लिम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
शर्मालाई बिहीबार सीआईबीले काठमाडौंको हातीगौडाबाट पक्राउ गरेको थियो।
प्रतिक्रिया