एनआरएनएको केन्द्रीय सचिवमा अष्ट्रेलियाबाट डा रेग्मीको उम्मेदवारी

एनआरएनएको केन्द्रीय सचिवमा अष्ट्रेलियाबाट डा रेग्मीको उम्मेदवारी


मेलबर्न अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवमा डा ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए अष्ट्रेलियाका महासचिव भइसकेका डा रेग्मीले आगामी कार्यकालका लागि एनआरएनएको केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्। 

एक दशक भन्दा लामो एनआरएनएको अनुभव भएका डा रेग्मी विगत १५ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका छन्। 

उम्मेदवारी घोषणा गर्दै उनले एक दशकमा एनआरएनएको सबै गतिविधिहरुमा सहभागी हुँदै आएको भन्दै संस्थाको गिर्दो शाखलाई बचाउने अभियानको मूल प्रवाहमा रहेर सक्रिय रूपमा लागि रहेको बताएका छन्। 

उनले संसारभर छरिएर रहेका गैर आवासीय नेपाली साथीहरूबिच संजाललाई सदुपयोग गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्याहरूलाई समाधान गर्नको लागि आफूले जानेको ज्ञान र सिपलाई  सदुपयोग गर्ने योजना बनाएको बताएका छन्। 

अस्ट्रेलियामा रहेर इन्जिनियर र प्राध्यापन पेसामा रहँदा आर्जन गरेको अनुभवलाई यस अभियानमा सदुपयोग गर्न उम्मेदवारी दिएको उनको भनाइ छ।