काठमाडौँ ।
स्वास्थ्यमा समस्या देखिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन्।
ब्लड प्रेसर र मुटुको धड्कन कम भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्। चिकित्सकको निगरानीमा रहेका उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ।

प्रतिक्रिया