मेलबर्न, अष्ट्रेलिया ।
एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजले आफ्नो दुई दशकको यात्रा सफल्ता पूर्वक सम्पन्न गरेको छ। २०औँ वर्ष गाँठको अवसरमा एक्सपर्टले सिड्नीस्थित नेपालीहरूको बाक्लो वसोवास रहेको रकडेलमा नयाँ शाखाको विस्तार गरेको छ।
रकडेल शाखाको उद्घाटन र आफ्नो २०औँ वर्षगाठ मनाउँदै एक्सपर्टका संस्थापक सञ्जिव शर्मा र बद्री अर्यालले संयुक्त रूपमा केक काट्दै आफ्ना सहयोगी तथा सेवाग्राहीहरूलाई धन्यवाद दिएका थिए।
‘यो दुई दशकको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैप्रति मनैदेखि कृतज्ञता ज्ञापन गरेका छन्। उनले दुई दशकको यात्रामा एक्स्पर्टले सेवाग्राहीको विश्वास जित्न सकेको कारण नै आज यो अवस्थामा पुगेको बताए। उनले भने, ‘यसले अझ नयाँ आयाम थप्ने काम गरेको छ, जसअनुरूप हामीले रकडेलमा नयाँ शाखा विस्तार गर्ने अवसर मिलेको छ।’
कार्यक्रममा अर्का संस्थापक बद्री अर्यालले शैक्षिक परामर्श सेवा आफैंमा एउटा सम्मानित र मर्यादित पेशा भएकोले जिम्मेवार भएर काम गरेमा यसले विद्यार्थी, अभिभावक र समाजको पनि मन जित्नसक्ने उदाहरण एक्सपर्टले पेस गरेको बताए।
‘दुई दशकको लामो यात्रामा हामीले सिकेको कुरा भनेको इमानदारिता नै हो, यसले एक्सपर्टलाई विश्वसनीय बनायो र देश विदेशमा फैलाउन मद्दत पुर्याएको उनको भनाइ छ।
एक्सपर्टले १६ वटा मुलुकका पचासभन्दा बढी शाखाले शैक्षिक परामर्श तथा अध्यागमन सेवा उपलब्ध गराउँदै देश विदेशमा राम्रो पहिचान बनाएको छ।
सोही अवसरमा एक्सपर्टको मेलबर्न शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। यस्तै अष्ट्रेलियाका विभिन्न स्टेटमा रहेका एक्सपर्टका अफिसले पनि एक्सपर्टको २०औँ वर्ष गाँठ मनाएका थिए।
प्रतिक्रिया