संसदमा विश्वप्रकाशको प्रश्न : सत्तापक्ष सांसदले बोल्ने थलो रत्नपार्क हो ?

संसदमा विश्वप्रकाशको प्रश्न : सत्तापक्ष सांसदले बोल्ने थलो रत्नपार्क हो ?


काठमाडौँ ।

सत्तारूढ कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले लामो समयदेखि संसद् बैठक अवरुद्धप्रति असन्तुष्टि जनाएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले संसद् अवरुद्ध गर्दा जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन नसकिएको भन्दै आपत्ति जनाएका हुन्।

‘संसद् प्रतिपक्षी दलको हो, उनीहरूको आवाज सरकारले गम्भीर रूपले लिनुपर्छ। उनीहरूले उठाएका प्रश्नको सरकारले जवाफ दिनुपर्छ,’ उनले भने, ‘तर, सत्तापक्ष सांसदको बोल्ने थलो रत्नपार्क हो ?’

संसद् अवरुद्ध गर्ने कार्य बन्द गर्नुपर्ने भन्दै उनले भ्रष्टाचार र अनियमितताका सबै काण्डको छानबिन गर्नुपर्ने बताए।

लोकतन्त्र, गणतन्त्रपछि गठन गरिएका सरकारका निकायमाथि विश्वास गर्न नसकिने अवस्थाको पनि छानबिन गर्नुपर्ने भन्दै उनले सरकारले थालेका भ्रष्टाचार र अनियमितताका विषयमा छानबिन गरेकाले सबैले सहयोग गर्नुपर्ने बताए।