मेलबर्न अष्ट्रेलिया ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा मेलबर्नमा तीज फेस्टिभल हुने भएको छ। नेप्को इन्टरटेनमेन्टले आयोजना गरेको उक्त कार्यक्रम सेम्टेम्बर २ तारिख साइप्रस सामुदायिक हलमा हुने भएको हो।
तीज फेस्टिभल मेलबर्न २०८० नाम दिएको उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार खुमन अधिकारी र चन्दा अर्यालले प्रस्तुति दिनेछन्। साँझ ६ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेश निःशूल्क रहेको नेप्को इन्टरटेनमेन्टका निर्देशक डिबी थापाले बताए।
टाइटल स्पोन्सर आईसिएस इन्टरनेस्नल एजुकेशन एण्ड माइग्रेसन रहेको कार्यक्रममा ट्रेडिस्नल फेसन सो, जोडीको फोटो सुट, नेपालमा उत्पादित बस्तुको बिक्री कक्ष र खानाहरुको स्टल पनि रहेको निर्देशक थापाले बताए। बुटिक पार्टनर यूडी कलेक्शन रहेको छ।
हंग्री आइ एसियन फ्युजन एण्ड बार र नेपाली ट्रेडिस्नल फेसन सो हस्पिटालिटी पाटर्नर रहेको कार्यक्रमको मिडिया पार्टनरमा केबीसी खबर रहेको छ।


प्रतिक्रिया