ब्रिस्वेन अष्ट्रेलिया ।
राइजिङ स्टार फुटबल क्लबले आयोजना गरेको अजी फाइनान्स सेभन ए साइड भेट्रान कपको उपाधि सिम्रिक फुटबल क्लबले जितेको छ। शनिबार ब्रिस्बेनको इगल्स स्पोर्ट कम्पेक्स मानसफिल्ड भएको फाइनल खेलमा सनसाइन कोस्ट नेप्लिज फुटबल क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै सिम्रिकले उपाधि उचालेको हो।
उपाधि उचालेको सिम्रिकले दुई हजार अष्ट्रेलियन डलर नगद, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रथम स्थान हासिल गरेकाे सिम्रिक फुटबल क्लबलाई अजी फाइनान्स एण्ड होम लोनका निर्देशक टिका सुबेदीले पुरस्कार हस्तान्तरण गरेका थिए। फाइनलमा सिम्रिकसँग पराजित भएको सनसाइन कोस्ट नेप्लिज फुटबल क्लबले एक हजार अष्ट्रेलियन डलर नगद, ट्रर्फी, मेडल र प्रमाणपत्र पाएको छ। उक्त पुरस्कार Sapphire Estate Agents Queensland का सेल्स म्यानेजर ड्रेन उप्रेतीले वितरण गरेका थिए।
उत्कृष्ट गोलकिपर, टुर्नामेन्टकै उत्कृष्ट खेलाडी र टप स्कोरर गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिएको राइजिङ स्टार फुटबल क्लबका म्यानेजर सुजन केसीले जानकारी दिए। प्रतियोगितामा सात टिमले सहभागिता जनाएका थिए। जसमा राइजिङ स्टार फुटबल क्लब, सनसाइन कोस्ट नेप्लिज फुटबल, सिम्रिक फुटबल क्लब, साउथ साइड सोसल क्लब, स्प्रिंगफील्ड नेप्लिज रिक्रेस्नल क्लब, फॉरएवर यंग फुटबल क्लब र नोवा आरसीएस फुटबल क्लब रहेका छन्।
प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो। टुर्नामेन्टको टाइटल स्पोन्सर अजी फाइनान्स एण्ड होम लोन रहेको छ भने Sapphire Estate Agents Queensland र Expert Education & Visa Services, Brisbane Office ले साथ दिएका छन्। यस्तै प्रतियोतिालाई नेप्लिज एसोसिएसन अफ क्वीन्सल्याण्डको साथ रहेको छ।
अजी फाइनान्स एण्ड होम लोन क्वीन्सल्याण्डमा २०१६ सालमा स्थापना भएको थियो। यसले क्वीन्सल्याण्डमा हुने विभिन्न नेपाली कार्यक्रमलाई स्पोन्सर गरेर सहयोग गर्दै आएको छ। विगत ७ वर्षदेखि क्वीन्सल्याण्डमा रहेका नेपाली तथा अष्ट्रेलियन नागरिकलाई आफ्नो सेवा दिँदै आएको छ।
प्रतिक्रिया