नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट सन्यास

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट सन्यास


काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै ज्ञानेन्द्रले क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

ज्ञानेन्द्रले १८ वर्षे क्रिकेट यात्रालाई विश्राम दिएको बताएका छन्। ज्ञानेन्द्रले नेपालका लागि ३७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८ सय ७६ रन जोडेका छन्। उनले ७ अर्धशतक समेत प्रहार गरेका छन्।

४५ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा उनले एक शतक र दुई अर्धशतकसहित ८ सय ८३ रन बनाएका छन्।

नेपाल क्रिकेट संघ क्यानले २०७६ कात्तिक १३ गते राष्ट्रिय क्रिकेट टोलीमा मल्ललाई कप्तानको जिम्मेवारी दिइएको थियो। तत्कालीन कप्तान पारस खड्काले इमेलबाट क्यानलाई राजीनामा पठाएपछि मल्ल कप्तान बनेका थिए।

उनले छोटो समय नेपाली टिमको कप्तानी गरेका मल्लको कप्तानी २०७८ मंसिर २९ गते खोसिएको थियो।