काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महाराले आफु सुन काण्डमा संलग्न नभएको बताएका छन्। चिनियाँ व्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप)मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन्।
उनले सो प्रकरणमा अनुसन्धान गर्न आफुले सघाउने पनि जनाएका छन्।
‘केहि दिन यता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइहेको बिषय यसअघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु। फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु’ महराले भनेका छन् ‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहन्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु। अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’
प्रतिक्रिया