मेलबर्न अष्ट्रेलिया ।
मेलबर्नमा नेपाली किशोरसहित तीन जनामाथि आक्रमण भएको छ। बिहीबार साँझ मेलबर्नको टार्नेइटमा बास्केटबल खेल्दै गरेका उनीहरूमाथि सात–आठ जनाको समूहमा आएका युवाहरूले आक्रमण गरेका हुन्।
नेपाली किशोर र्यान सिंह र उनका दुई साथीलाई हतियारसहितको गिरोहले अकस्मात् आक्रमण गरेको थियो। मोबाइल फोनका साथै र्यानले जन्मदिनमा उपहार पाएको नाइक एयर जोर्डनको जुत्ता माग्दै आक्रमण गरेका सेभन न्युजले उल्लेख गरेको छ। आक्रमणबाट उनीहरुको करङ, पाखुरा, हात र पछाडि र टाउकोको पछाडि चोट लागेको छ।
घाइते तीनै जनालाई नजिकैको अस्पतालमा लगिएको थियो। र्यानको बायाँ हातको औंलाको शल्यक्रिया गरिएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ। उनका दुई साथीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
आक्रमणकै दिन र्यानको १६औँ जन्मदिन परेको थियो। जन्मदिन बनाउँन रायनको परिवारले सबै तयारी गरेको थियो। एक्कासी यस्तो खबर सुन्दा आफु निकै दुःखित भएको र्यानको आमा सुष्मा मानन्धरले सेभन न्युजलाई बताएकी छन्। उनले भनिन, हामीले उसको मनपर्ने चीजकेक अर्डर गर्यौं। यो खबर सुनेपछि हाम्रो संसार नै ध्वस्त भयो।”
घटनाको यथार्थ अवस्थाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घटनाको प्रत्यक्षदर्शी वा कसैलाई जानकारी भएमा खबर गर्न भिक्टोरिया प्रहरीले आग्रह गरेको छ।
र्यानको उपचारमा आर्थिक अभाव, सहयोगका लागि गो फण्डमी संचालन
मेलबर्नमा अपरिचित समूहको आक्रमणबाट घाइते भएका र्यानको उपचारमा आर्थिक अभाव भएको छ। आक्रमणमा उनको दायाँ हातमा गम्भीर चोट लागेको थियो।
र्यानको दायाँ हातको ओँलाको अहिले सल्यक्रिया गरिएको छ। स्थानीय क्लबमा अवद्ध र्यान एक राम्रो क्रिकेट खेलाडी पनि हुन्। उनले सम्मलित टिमले यू १५ अन्तर्गतको प्रिमियरशिप जितेको थियो। नेपाली किशोर र्यानको उपचारमा आथिएक अभाव हुन नदिन गो फण्ड मी को संचालन गरिएको छ। ८ हजार अष्ट्रेलियन डलर उठाउने लक्ष्य लिएको गा फण्ड मी मा अहिलेसम्म ६ हजार ५८९ डलर जम्मा भइसकेको छ।
यी नेपाली किशोरको भविष्य र परिवारमा परेको यस दःखदको खडीमा यहाँहरुले दिएको लिंकमा क्लिक गरेर आर्थिक संहयोग गर्न सकिने छ। परिवारले सबैलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ।

प्रतिक्रिया