मेलबर्न, अष्ट्रेलिया ।
अस्ट्रेलियामा ९१ बालिकालाई बलात्कार गरेको आरोपमा एक जना चाइल्ड केयर एक्सपर्टलाई पक्राउ गरिएको छ। अस्ट्रेलियाको प्रहरीले २५ वर्षमा १६२३ यौन अपराध गर्ने अभियुक्तलाई पक्राउ गरेको हो।
पीडित मध्ये ८७ बालबालिका अस्ट्रेलियाली भएको समाचारमा बताइएको छ। ४५ वर्षीय अभियुक्तको नाम भने गोप्य राखिएको छ।
अभियुक्तले ९१ बालिकालाई बलात्कार गरेका समाचारमा बताइएको छ। अस्ट्रेलियाको कानुन अनुसार अभियुक्तविरुद्ध विभिन्न श्रेणीमा मुद्दा दायर गरिएको छ। आरोपीलाई २१ अगस्टमा ब्रिस्बेन अदालतमा पेस गरिने छ। प्रहरीले उनलाई अनुसन्धानका लागि अन्य देशमा लैजान सक्ने पनि समाचारमा बताइएको छ।
आरोपीबाट हजारौँ चाइल्ड पोर्नोग्राफी भिडियो, फोटो र केही रिल्स भेटिएका छन्। सबै पीडितको उमेर १० वर्षभन्दा कम छ। विभिन्न यौन अपराधमा दर्ता भएका मुद्दा अनुसार यी पूर्व चाइल्ड केयर अफिसरले कुल २४६ पटक बलात्कार गरेका छन्। यस क्रममा ६ सय १३ वटा चाइल्डको पोर्न भिडियो बनाए।
आरोपीसँग चाइल्ड केयर एक्सपर्टको लाइसेन्स पनि रहेको प्रहरीले जनाएको छ।
प्रहरी यी सबै बालबालिकाको पहिचान गरी उनीहरू र उनीहरूका अभिभावकको बयान समेत लिनेमा विश्वस्त छ। तर, धेरैजसो बालबालिका अहिले अस्ट्रेलियाबाट आफ्ना आमाबुवासँग अर्को देशमा सरेकाले सबै बालबालिकाको खोजी गर्न निकै कठिन हुनसक्ने बताइएको छ।
प्रतिक्रिया