कामठाडौँ । जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड साडियो माने साउदी अरेबियन क्लब अल–नासरमा अनुबन्ध भएका छन्। माने म्युनिख छाडेर क्रिस्टियानो रोनाल्डोआवद्ध रहेको अल–नासरमा अनुबन्ध भएका बीबीसीले जनाएको छ।
इंग्लिस क्लब लिभरपुलका पूर्व फरवार्ड मानेले म्युनिखका लागि गत सिजनमा ३८ खेलमा १२ गोल गरे। सेनेगलका ३१ वर्षीय मानेले अल–नासरसँग ४ वर्षको सम्झौता गरेका छन्।
अल नासरले मानेका लागि बायर्नलाई ४० मिलियन युरो तिर्ने भएको छ। त्यस्तै मिडिया रिपोर्टका अनुसार अल नासरले मानेलाई बार्षिक ४० मिलियन युरो नै पारिश्रमिक दिन सहमत भएको छ।
मानेलाई बायर्नले गत बर्ष लिभरपुलबाट ४१ मिलियन युरोमा किनेको थियो।
अल नासरले यस सिजनमा सेको फोफाना, मार्सेलो ब्रोजोभिक र एलेक्स टेल्लेज जस्ता खेलाडीलाई भित्र्याइसकेको छ। माने साउदी लिगमा जाने पछिल्लो स्टार खेलाडी हुन्। गत जनवरीमा क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएपछि उनलाई पछ्याउदै करिम बेन्जमा, एन्गोलो कान्टे, रुबेन नेभेज, कालीडोउकोउलीबाली, रोबेर्ट फिर्मिनो, जोर्डन हेण्डरसन, सेको फोफानाम एलेक्स टेल्लेस, मार्सेलो ब्रोजोभिक लगायतका खेलाडी साउदी लिगमा सम्झौता गरिसकेका छन्।
प्रतिक्रिया