साहुको बदमासीले जेल परेका लालबहादुरलाई उच्च अदालतले दियो सफाइ

साहुको बदमासीले जेल परेका लालबहादुरलाई उच्च अदालतले दियो सफाइ


कामठाडौँ ।

उच्च अदालत विराटनगरले लाल बहादुर विश्वकर्मालाई सफाइ दिएको छ। उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर लालबहादुर बिकलाई न्याय दिएको हो।

न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लाल बहादुर विश्वकर्मालाई सफाइ दिएको हो। बिना इजाजत बैंक तथा वित्तीय कारोबारमा भने कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ।

बिनाइजाजत बैंक तथा वित्तीय कारोबारमा भने कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ। दीपक विश्वकर्माको हकमा भने बिनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर गरिएको छ।

लालबहादुरको पक्षमा अधिवक्ताहरू मनबहादुर राई, निराजन ओझा तथा रास्वपा सांसद समेत रहेकी अधिवक्ता सोविता गौतम लगायतले बहस गरेका थिए।