अभिनेता सारुकको सुसाइड नोटः ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’

अभिनेता सारुकको सुसाइड नोटः ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’


कामठाडौँ । अभिनेता सारुक ताम्राकारको सुसाइड नोट फेला परेको छ। उनको आत्महत्यालाई लिएर अनेक अनुमान चलिरहेका बेला प्रहरीले मोबाइलमा सुसाइड नोट भेटिएको जानकारी गराउँदै नोटमा उनले सारा दोष आफ्नो भएको र अरु कसैलाई दुःख नदिन आग्रह गरेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसर प्रमुख​ दानबहादुर कार्कीले बताए अनुसार नोटमा ‘पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी। इट्स अल माई फल्ट। कसैलाई ब्लेम नगर्नु। यो सबै यहीँ इन्ड हुनु थियो। सो सकियो। मेक मि रेस्ट इन पीस, धन्यवाद।’ लेखिएको छ।

प्रहरीका अनुसार सारुकले आमालाई सम्बोधन गर्दै ‘अर्को जुनीमा तपाईंकै छोरा भएर जन्मिन पाउँ’ भनेर लेखेका छन्। सुसाइड नोटमा उनले थुप्रै साथीहरुलाई सम्झिएको पनि प्रहरीले जानकारी गराएको छ।

उनले आत्महत्या गरेपछि अभिनेत्री नम्रता श्रेष्ठमाथि धेरैले विभिन्न तवरबाट आशंका गरेका थिए। तर सुसाइड नोटमा उनले नम्रतालाई कुनै आरोप लगाएका छैनन् ।

सारुकले असार २१ गते आफ्नै निवासमा झुन्डिएर आत्महत्या गरेका थिए। आत्महत्यापछि उनको मृत्युको छानबिनका लागि सारुक निकट कलाकारले सामाजिक सञ्जालमा आवाज उठाएका थिए।