काठमाडौँ ।
एक क्विन्टल सुन बरामद प्रकरणमा संलग्नताको आशंकामा ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका छन्।
राजश्व अनुसन्धान विभागको टोलीले होटेलमा छापा मारेर उनलाई पक्राउ गरेको हो। बिहीबार बिहान छापा मारेको विभागको टोलीले केही सामग्री बरामद गर्दै छिरिङलाई नियन्त्रणमा लिएको हो। छिरिङ पक्राउ परेसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १८ जना पुगेको छ।
विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका बेल्जियम नागरिक छिरिङको हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग कनेक्सन पाइएपछि पक्राउ गरेको हो।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ।
प्रतिक्रिया