एनआरएनए भिक्टोरियाको संयोजकमा सापकोटा निर्वाचित, अन्य पदमा को-को भए विजयी

एनआरएनए भिक्टोरियाको संयोजकमा सापकोटा निर्वाचित, अन्य पदमा को-को भए विजयी


मेलबर्न अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरिया राज्यको संयोजक पदमा मनी रत्न सापकोटा विजयी भएका छन। शनिबार भएको निर्वाचनमा महेन्द्र साली घिमिरेलाई पराजित गर्दै भारी मतका साथ सापकोटा विजयी भएका हुन्।

मत परिणामको अन्तिम नतिजा अनुसार, संयोजक पदमा विजयी भएका सापकोटाले १ हजार १९८ मत ल्याउँदा घिमिरेले ४०७ मत पाएको निर्वाचन समितिले जनाएको छ। नो भोटमा १८३ मत खसेको छ।

भिक्टोरिया राज्यको उपसंयोजकमा माधव धानुक सचिवमा ससेन्द्र गौतम केसी, सहचिवमा सविन धिताल, कोषाध्यक्षमा विजय दाहाल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यस्तै सदस्यहरुमा अच्युत चापागाइँ, विकाश सिलवाल, दिवाकर दाहाल, किसन कँडेल, लक्ष्मण सन्ज्याल, रामशंकर जइसवाल, सविन श्रेष्ठ र सुसन सुवेदी विजयी भएका छन्।

युवा संयोजकमा सिदान्त श्रेष्ठ, उपसंयोजकमा गौरभ सुनार, सदस्यहरुमा बिनोद भट्ट, प्रदिप सुवेदी, रुपा पाण्डे, सचिन थापा र सागर शाही विजयी भएका छन्।

भिक्टोरिया राज्य नारी निकुञ्जको संयोजकमा रसी सिंह, उपसंयोजकमा कल्पना बस्याल, सदस्यहरुमा बिना अधिकारी पन्त, प्रतिभा शाह, सदिक्षा पौडेल क्षेत्री, सिना थापा मगर, उषा आचार्य विजयी भएका छन्।

केशव खत्री, मात्रिका प्रसाद खनाल र सोभित प्रधान भिक्टोरिया राज्यबाट एनसीसी सदस्यमा निर्विरोध चयन भएका छन्।