होबार्ट, अष्ट्रेलिया ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको तास्मानिया राज्य संयोजकमा जगदिश खड्का बिजयी भएका छन् । शनिबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी मनोज श्रेष्ठलाई ३९४ मतान्तरले पराजित गर्दे आगामि (२०२३–२५) दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्। खड्काले ७१० मत पाउँदा श्रेष्ठले ३१६ मत पाए। नो भोटमा १२३ मत खसेको निर्वाचन आयुक्त रेवन्त बस्नेतले जानकारी दिए।
तास्मानिया राज्यको उपसंयोजकमा उत्तम अधिकारी निर्वाचित भएका छन्। उनी ६८० मतका साथ विजयी भएका हुन्। एनआरएनए तास्मानियाको सचिवमा अर्जुन श्रेष्ठ, सहचिवमा जलिन्द्र कार्कि, कोषाध्यक्षमा माधव प्रसाद घिमिरे विजयी भएका छन्।
यस्तै सदस्यहरुमा बिपिन रावल, पोसन कोईराला, रोशन सिल्पकार र सुजन वाग्ले निर्वाचित भएको निर्वाचिन समितिले जनाएको छ। तास्मानियाबाट एनसीसी सदस्यमा सरोज तामाङ र प्रेम प्रकाश धामी विजयी भएका छन्। एनआरएनए तास्मानिया युवा संयोजकमा अनिल ढकाल, उपसंयोजकमा राजिभ ओझा, सदस्यहरुमा बिमल श्रेष्ठ, दिलिप लिम्बु, जनक खड्का, निराजन भण्डारी, सुजन थापा निर्वाचित भएका छन्।
यस्तै तास्मानिया नारी निकुञ्जको संयोजकमा आर्जु रिजाल रजक र उपसंयोजकमा करुना अधिकारी, सदस्यहरुमा अमुना श्रेष्ठ, अस्मिका श्रेष्ठ, क्रिस्टिना प्रधान, ज्ञानु कँडेल, श्रीजा पोख्रेल विजयी भएका छन्।
प्रतिक्रिया