एनआरएनए अष्ट्रेलियाको महासचिवमा सन्तोष कुँवर बिजयी, सचिवमा गुरुङ र कोषाध्यक्षमा गौतम

एनआरएनए अष्ट्रेलियाको महासचिवमा सन्तोष कुँवर बिजयी, सचिवमा गुरुङ र कोषाध्यक्षमा गौतम


मेलबर्न अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको महासचिवमा सन्तोष कुँवर निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा रोशन घले र उषा किरण बरिया पोख्रेललाई पराजित गर्दै कुँवर निर्वाचित भएका हुन्।

कुँवरले ४ हजार ७९० मत पाउँदा उषा किरण बरिया पोख्रेलले ३ हजार ६३८ र घलेले २ हजार ६४९ मत ल्याए। कुँवरले अध्यक्षमा निर्वाचित अनिल पोख्रेलको टिमबाट उम्मेदवारी दिएका थिए।

यस्तै सचिवमा सचिवमा थिरबहादुर गुरुङ, कोषध्यक्षमा अर्जन गौतम, संयुक्त कोषाध्यक्षमा रोजी पन्त, नारि निकुञ्ज संयोजकमा संगिता भण्डारी चापागाईँ र युवा संयोजकमा सुमन बोहोरा निर्वाचित भएका छन्।

एनआरएनए अष्ट्रेलियाको १४६ जना पदाधिकारी छान्न १२ हजार ६१७ मतदाताले मतदान गरेका थिए। एनआरएनएको कुल मतदाता संख्या १४ हजार ५६२ रहेको थियो।

आज भएको निर्वाचनमा सबैभन्दा बढी मत न्यु साउथ वेल्समा खसेको निर्वाचन समितिले जनाएको छ। ४ हजार ५०८ मतदाता रहेको एनएसडब्लुमा ३ हजार ८९९ मत खसेको छ। सबै भन्दा कम मत नर्दन टेरोटोरीमा खसेको छ। ८१५ मतदाता रहेको नर्दन टेरोटोरीमा ७१५ मत खसेको निर्वाचन समितिले जनाएको छ।

यस्तै एसीटिमा १२७९, तास्मानियामा ११५१, भिक्टोरियामा १७९०, क्वीन्सल्याण्डमा १२३४, साउथ अष्ट्रेलियामा १२३६ र वेस्टर्नअष्ट्रेलियामा १३१३ मत खसेको निर्वाचन समितिले जनाएको छ।