एनआरएनए न्यु साउथ वेल्सको संयोजकमा बिनोद कुँवर बिजयी

एनआरएनए न्यु साउथ वेल्सको संयोजकमा बिनोद कुँवर बिजयी


मेलबर्न अष्ट्रेलिया ।

गेर आवासीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्सको संयोजकमा बिनोद कुँवर निर्वाचित भएका छन्। उनले एक हजार १२ मत ल्याएर आगामि दुई वर्षे (२०२३–२५)कार्यकालका लागि निर्वाचित भएका हुन्।

सर्वाधिक चासोको बिषय बनेको न्यूसाउथ वेल्स राज्यको संयोजक पदमा कुँवरसँग संध्या शाह, अशोक उप्रेती र स्वीकृती भट्ट प्रतिस्पर्धामा उत्रिएका थिए। कुँवरका निकटतम प्रतिस्पर्धि सन्ध्या शाहले ९ सय मत ल्याएकी छन्। देव गुरुङको समूहबाट उम्मेदवारी दिएका अशोक उप्रेतीले ८ सय ७५ मत ल्याए भने स्वतन्त्र उम्मेदवार भट्टले ४ सय ४५ मत ल्याइन्।

न्यु साउथ वेल्सको उपसंयोजकमा दिपा जोशी, सचिवमा कल्यान खड्का, सहचिवमा राज गुरुङ, कोषाध्यक्षमा सन्दिप अधिकारी विजयी भएका छन्।

यस्तै सदस्यमा अर्जन चौलागाइँ, अरुनचन्द्र श्रेष्ठ, अवानी पौडेल क्षेत्री, विवेक ओझा, विशाल बन, ब्रासिश सुवाल, चाबी सापकोटा, चिराज ढुंगाना, दिव्य प्रसाद प्रधान, क्रिष्ना सेढाई, लुना सिवाकोटी, रोजा प्रधान र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।

न्यु साउथ वेल्सबाट एनसीसीको सदस्यमा बिमल कँडेल, विजय पौडेल उपाध्याय, प्रकाश पाण्डे, रोशन भट्टराई, सन्तोष श्रेष्ठ निर्वाचित भएका छन्। नारी निकुञ्जको संयोजकमा सबला बस्नेत उपसंयोजकमा सुजना श्रेष्ठ निर्वाचित भएका छन्।

युवा संयोजकमा अनन्त गुरुङ, उपसंयोजकमा राहुल अर्याल विजयी भएका छन्। सदस्यामा सुमन तामाङ, सुजन श्रेष्ठ, रुपेश पौडेल र बिज्ञान ढकाल निर्विरोध चयन भएका छन्।