Logo

देउवा, दाहाल र नेपालबीच भेटवार्ता, गठबन्धनको बैठक भोली, एजेन्डा के ?



काठमाडौं, ६ माघ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक अन्तिम समयमा स्थगित भए पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो । माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन, वैशाखमा हुने भनिएको स्थानीय चुनावको मिति घोषणालगायतका विषयमा समान धारणा बनाउन नेताहरुबीच छलफल भएको हो ।
कोरोना संक्रमणमुक्त भएपछि अध्यक्ष नेपाल शीर्ष तहको भेटमा आजदेखि सहभागी भएका हुन् । बैठकमा स्थानीय चुनावका सन्दर्भमा कुराकानी भएको बताइएको छ । शीर्ष नेताहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने तय भएको छ । गठबन्धनको बैठकले चुनावबारे निर्णय गरेर सरकारलाई सिफारिस गर्ने बताइएको छ ।