एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै


मेलबर्न अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नेतृत्वका लागि आज अनलाइन माध्यामबाट निर्वाचन हुँदै छ। एनआरएनए अष्ट्रेलियाको अध्यक्षका लागि तीन जना चुनावी मैदानमा हुमिएका छन्। 

डिला खरेल, देव गुरुङ र अनिल पोख्रेल प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्। उनीहरूले अष्ट्रेलियाका राज्यस्तरमा पनि आ–आफ्नो उम्मेदवार उठाएका छन्। 

अष्ट्रेलियाको सबैभन्दा बढी नेपाली बसोबास गर्ने न्यु साउथ वेल्समा संयोजक पदमा चार जनाले प्रतिस्पर्धा गर्दैछन्। सन्ध्या शाह, अशोक उप्रेति, विनोद कुँवर र स्वीकृती भट्टले उम्मेदवारी दिएका छन्। साह डिला खरेल, उप्रेति देव गुरुङ, कुँवर अनिल पोख्रेलको प्यानलबाट प्रतिस्पर्धा गर्दैछन्। स्वीकृति भट्टले भने स्वतन्त्र उम्मेदवारी दिएकी छन्। एनएसडब्लुमा एनआरएनको मतदाता संख्या अष्ट्रेलिया भरिकै धेरै रहेको छ। 

अष्ट्रेलियाको एनआरएनए निर्वाचनमा पहिलो पटक फेस भेरिफिकेसन प्रविधिमार्फत निर्वाचन हुँदै छ। 

१४ हजार बढी मतदाता भएको अष्ट्रेलियाका सबै राज्यमा स्थानीय समय अनुसार बिहान नौ बजेदेखि सुरु हुने मतदानको कार्यक्रम पाँच बजे समाप्त हुने छ भने राती नौ बजे नै नतिजा सार्वजनिक गर्ने योजना रहेको निर्वाचन समितिले जनाएको छ।