कामठाडौँ ।
सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले सुन प्रकरणका मुख्य मालिक पक्राउ गर्न माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सुन तस्करीमा भरियालाई मात्र नभएर मुख्य नाइकेलाई पक्राउ गर्नुपर्ने माग गरेका हुन्। सुन तस्करी प्रकरणलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका उनले सुन तस्करीका मुख्य अभियुक्त नसमातिए संसदमै आमरण अनशन बस्ने चेतावनी पनि दिए।
‘सुन प्रकरणलाई गुमचुम पारेर गाउँको बिचरा भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु‚’ उनले बैठकमा भने।
प्रतिक्रिया