फिफा महिला विश्वकप : दक्षिण कोरियामाथि कोलम्बियाको जित

फिफा महिला विश्वकप : दक्षिण कोरियामाथि कोलम्बियाको जित


काठमाडौँ ।

फिफा महिला विश्वकप फुटबलअन्तर्गत कोलम्बियाले विजयी सुरुवात गरेको छ। समूह ‘एच’ अन्तर्गत अस्ट्रेलियाको सिड्नी फुटबल स्टेडियममा भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलअन्तरले पराजित गरेको हो।

कोलम्बियाको जितमा काटालिना उस्मे र लिन्डा काइसेडोले एक(एक गोल गरे। काटालिनाले ३० औँ मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाइन् भने लिन्डाले ३९ औँ मिनेटमा गरेको गोलसँगै कोलम्बियाले जित सुनिश्चित गर्याे।

यसै समूहमा रहेको जर्मनीले मोरक्कोलाई ६–० ले पराजित गरेको थियो।