एडिलेड अष्ट्रेलिया ।
‘तेस्रो गिरीश च्याम्पियनसिप २०२३’ को उपाधि रोयल वेस्टर्न क्लबले जितेको छ। आइतबार न्यूजपोट स्टेडियममा भएको फाइनल खेलमा गिरीश इभेन्ट स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै रोयल वेस्टर्नले उपाधि कब्जा गरेको हो।
‘तेस्रो गिरीश च्याम्पियनसिप २०२३’ को उपाधि जितेको रोयल वेस्टर्न क्लवले ८ हजार अष्ट्रेलियन डलर नगद, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै दोस्रो स्थान प्राप्ता गरेको गिरीश इभेन्ट स्पोर्टिङ क्लबले ४ हजार अष्ट्रेलियन डलर नगद, ट्रर्फी, मेडल र प्रमाणपत्र पाएको छ। प्रतियोगितामा तेस्रो भएको बेनी फुटबल क्लबले १५ सय अष्ट्रेलियन डलर सान्त्वना पुरस्कार पाएको छ।
उत्कृष्ट गोलकिपर गिरीश इभेन्ट स्पोर्टिङ क्लबका किशोर गिरी घोषित भए। टुर्नामेन्टकै उत्कृष्ट खेलाडी गिरीश इभेन्ट स्पोर्टिङ क्लबकै सोनाम तामाङ, बेष्ट मिडफिल्डर रोयल वेस्टर्न क्लबका जगदिश श्रेष्ठ, टप स्कोरर गिरीश इभेन्ट स्पोर्टिङ क्लबका केशव श्रेष्ठ र बेष्ट डिफेन्डर गिरीश इभेन्ट स्पोर्टिङ क्लबकै अजित भण्डारी घोषित भए। खेलका उकृष्ट खेलाडीलाई नगद, मेडल प्रमाणपत्र दिएर सम्मान गरिएको गिरीश इभेन्ट एण्ड इन्टरटेनमेन्टका निर्देशक गगन गिरीले जानकारी दिए।
गिरीश इभेन्ट एण्ड इन्टरटेनमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए। जसमा एडिलेड ड्र्यागन फुटबल क्लब, एड लेड खुकुरी फुटबल क्लब, सेन्ट जर्ज नेपाली क्लब, एड लेड खुकुरी फुटबल क्लब, गिरीश इभेन्ट स्पोर्टिङ क्लब, गोर्खा वारियर्स, खुकुरी फुटबल क्लब (तास्मानिया), एड लेड ड्र्यागन फुटबल क्लब, फेवा फुटबल क्लब, रोयल वेस्टर्न क्लब, बियुएफसी एड लेड र बेनी फुटबल क्लब रहेका थिए।
प्रतियोगिताको टाईटल स्पोन्सर ग्रेस इन्टरनेस्नल एजुकेशन एण्ड माइग्रेसन एडिलेड र क्वीन्सफोर्ड कलेज आरटिओ रहेका थिए। पलाटिनम स्पोन्सरमा Aussizz Group, Concord Institute RTO 45434, Alliance College – RTO 0137, A ONE Real Estate, Kubaer Finance, Ease Conveyancing रहेका थिए। गोल्ड स्पोन्सरमा कालीकोटे ज्वैलरी एडिलेड रहेको थियो।
गिरीश इभेन्ट एण्ड इन्टरटेन्मेन्टले पहिलो र दोस्रो गिरिश च्याम्पियनसिप भव्यताका साथ सम्पन्न गरिसकेको छ। पहिलो गिरिश च्याम्पियनसिपको उपाधि सेन्ट जर्ज नेपाली क्लब (एसजीएनसी) जितेको थियो भने दोस्रो पटकको उपाधि पनि सेन्ट जर्ज नेपाली क्लब (एसजीएनसी)ले नै उचालेको थियो।
प्रतिक्रिया