कामठाडौँ ।
कोशी प्रदेश सरकारको बैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजालासमा छलफल हुने भएको छ।
गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेस गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेर मुख्यमन्त्री नियुक्ति गरेपछि असन्तुष्ट पक्ष सर्वोच्च पुगेका थिए। संविधान विपरीत सभामुखको हस्ताक्षर प्रयोग गरेर थापालाई प्रदेश परशुराम प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेपछि सोको विरुद्धमा सो प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको हो।
मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिएको मुद्धामा सोमबार सुनवाई हुँदा न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएपछि आजबाट पूर्ण इजालासमा सुनवाई हुन लागेको हो।
संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुन नसक्ने र १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताका हैसियतमा आफू मुख्यमन्त्री हुने कार्कीको दाबी थियो। तर, प्रदेश प्रमुख खापुङले सभामुखको हस्ताक्षरसहित आएको पत्रलाई मान्यता दिँदै थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
सो विषयमा आजबाट पूर्ण इजलासमा सुनवाई हुन लागेको हो।
प्रतिक्रिया