सुन तस्करीको अनुसन्धन गर्न राजस्वले माग्यो प्रहरीको सहयोग

सुन तस्करीको अनुसन्धन गर्न राजस्वले माग्यो प्रहरीको सहयोग


कामठाडौँ ।

एक सय किलो सुन तस्करीमा संलग्नलाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भइ बाहिरिएको सुन सिनामंगलबाट बरामद भएको घटनाको अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको हो।

विभागको अनुरोधपश्चात प्रहरीले एसपी कृष्ण पंगेनीलाई सुन तस्करी अनुसन्धानका लागि खटाएको छ।

राजस्व अनुसन्धान विभागले अघिल्लो बुधबार करिब सय किलो अवैध सुन बरामद गरेको थियो। उक्त सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।