सुन तस्करी प्रकरणमा भन्सार अधिकृत चन्दसहित ६ जना पक्राउ

सुन तस्करी प्रकरणमा भन्सार अधिकृत चन्दसहित ६ जना पक्राउ


काठमाडौँ ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जनालाई पक्राउ गरिएको छ। राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट रहेका छन्। आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् ।

यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बालाई पनि पक्राउ परेका छन्।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ।

गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत किलो केजी सुन स्कुटरको ‘ब्रेक शु’ मा लुकाएर काठमाडौं ल्याइएको थियो। भन्सार प्रणाालीबाट पास भएर बाहिरिन लाग्दा विभागको टोलीले सामान बरामद गरेको थियो।