नाहपाको साधारण सभा सम्पन्न, प्रकाश धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नाहपाको साधारण सभा सम्पन्न, प्रकाश धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


मेलबर्न अष्ट्रेलिया ।

नेप्लिज अस्ट्रेलियन एलाइड हेल्थ प्रोफेशनल एसोसिएसन (एनएएएचपीए)को साधारण सभा सम्पन्न भएको छ। १६ जुलाई २०२३ मा जूमको माध्यमाबाट बसेको साधारण सभाले प्रकाश धितालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। 

साधारण सभाले दुई वर्षका लागि ९ सदस्यीय कार्यकारी समितिको अध्यक्षमा प्रकाश धिताल, उपाध्यक्ष जीबा नाथ देवकोटा, कोषाध्यक्ष रुमा वाग्ले, सचिव अम्बिका श्रेष्ठ, सह–सचिव अमृत सापकोटा, प्रबक्ता निर्मल कार्की रहेका छन्। यस्तै कार्यकारी सदस्यहरुमा सुनीति अमात्य, सवी हमाल, महेश कोईराला चयन भएका छन्। 

समितिमा अस्ट्रेलियाका विभिन्न राज्यहरूबाट ब्यबसायीहरुको प्रतिनिधित्व रहेको छ। नाहपा अप्रिल २०२१ मा दर्ता भएको अस्ट्रेलिया भरि छरिएर रहेका अल्लिएद हेअल्थ ब्यबसायिहरुको साझा संस्था हो। 

आफ्नो स्थापना देखि नै यस संस्थाले अस्ट्रेलिया तथा नेपालमा रहेका अन्य गैर नाफामूलक संस्थाहरूसँग समन्वय गरी ज्ञान आदानप्रदान गर्ने कार्यक्रमहरू संचालनका गर्दै आएको छ। नाहपाले संस्थाका सदस्यहरूको व्यावसायिक व्यक्तित्व विकासका कार्यक्रमहरू र अन्य संस्थाहरूले गर्ने सामाजिक कार्यक्रमहरूमा आफ्नो उपस्थिति जनाउँदै आएको छ।