माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा हिँड्डुल गर्न खोप कार्ड अनिवार्य

माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा हिँड्डुल गर्न खोप कार्ड अनिवार्य


काठमाडौं, ४ । सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्री बालकृष्ण खाँण संयोजकत्वको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) का पदाधिकारी सहभागी थिए ।
बैठकमा लक्षित वर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पु¥याउने विषयमा पनि छलफल भएको थियो । बैठकले कोरोना संकट नियन्त्रणका लागि विभिन्न विषयमाथि छलफल गरी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकमा गृहमन्त्री खाँणले कोभिड महामारी रोकथाम र नियन्त्रणमा सरकार गम्भीर र संवेदनशील रहेको भन्दै त्यहीअनुसार कार्य गर्ने व्यवस्था मिलाउन निर्देशन गरेका थिए ।