गृहमन्त्री श्रेष्ठले गरे विमानस्थल भन्सार कार्यालय अनुगमन

गृहमन्त्री श्रेष्ठले गरे विमानस्थल भन्सार कार्यालय अनुगमन


काठमाडौँ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन्। विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी मलाई कुनै कोट, टार र पार्टी मतलब छैनु उनले भने, ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ।’ यसबारे अहिले छानबिन भइरहेको भन्दै उनले राज्यका अरु निकायहरुले पनि त्यसमा सघाउने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यवहारिक रूपमा नेतृत्व गरिरहेको पनि उनको भनाइ छ।

‘सम्माननीय प्रधानमन्त्रीले समेत भ्रष्टाचार नियन्त्रण गर्न हदैसम्मको काम गर्न निर्देशन दिएको र यसको व्यावहारिक काम भइसकेको र भ्रष्टाचारका विषयमा कसैले अफवाह फैलाउन सकिन्छ कि भन्ने नसोचे हुन्छ’, उनले भने, ‘सुन प्रकरणमा जुनसुकै पार्टी वा दल जोडिएको भए पनि आफूलाई कुनै असर नपर्ने र अवैध काम पूर्ण रुपले रोक्ने कुरामा सबैलाई ढुक्क हुन आग्रह गर्छु।‘