एडिलेड अष्ट्रेलिया ।
अष्ट्रेलियाको नेपाली फुटबल प्रतियोगिता मध्यकै सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो गिरीश च्याम्पियनसिप २०२३’ को सम्पूर्ण तयारी पुरा भएको छ। गिरीश इभेन्ट एण्ड इन्टरटेनमेन्टले जुलाई २२ र २३ गते गर्ने उक्त फुटबल प्रतियोगिताको तयारी पुरा भएको हो।
‘तेस्रो गिरीश च्याम्पियनसिप २०२३’ को उपाधिका लागि १२ टिमले प्रतिस्पर्धा गर्ने गिरीश इभेन्ट एण्ड इन्टरटेनमेन्टका निर्देशक गगन गिरीले जानकारी दिए। जसमा एडिलेड ड्र्यागन फुटबल क्लब, एड लेड खुकुरी फुटबल क्लब, सेन्ट जर्ज नेपाली क्लब, एड लेड खुकुरी फुटबल क्लब, गिरीश इभेन्ट स्पोर्टिङ क्लब, गोर्खा वारियर्स, खुकुरी फुटबल क्लब (तास्मानिया), एड लेड ड्र्यागन फुटबल क्लब, फेवा फुटबल क्लब, रोयल वेस्टर्न क्लब, बियुएफसी एड लेड र बेनी फुटबल क्लब रहेका छन्।
प्रतियोगितामा सहभागि टिमलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा तीन-तीन टिम रहेको निर्देशक गिरीले जानकारी दिए।
न्यूजपोट स्टेडियम हुने खेलमा प्रथम हुनेले ८ हजार अष्ट्रेलियन डलर नगद, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए। उनका अनुसार दोस्रो हुनेले ४ हजार अष्ट्रेलियन डलर नगद, ट्रर्फी, मेडल र प्रमाणपत्र पाउने छ। प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टिमलाई पनि १५ सय अष्ट्रेलियन डलर सान्त्वना पुरस्कारको व्यवस्था गरिएको निर्देशक गिरीले आज एडिलेडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
प्रतियोगितामा खेलाडीले व्यक्तिगत विधा (म्यान अफ द म्याच, उत्कृष्ट गोलकिपर, सर्वाधिक स्कोरर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र टुर्नामेन्टकै उत्कृष्ट खेलाडी) लाई नगद, मेडल प्रमाणपत्र दिएर सम्मान गरिने उनले बताए।
गिरीश इभेन्ट एण्ड इन्टरटेन्मेन्टले पहिलो र दोस्रो गिरिश च्याम्पियनसिप भव्यताका साथ सम्पन्न गरिसकेको छ। पहिलो गिरिश च्याम्पियनसिपको उपाधि सेन्ट जर्ज नेपाली क्लब (एसजीएनसी) जितेको थियो भने दोस्रो पटकको उपाधि पनि सेन्ट जर्ज नेपाली क्लब (एसजीएनसी)ले उचालेको थियो।
यस्तै गिरीश इभेन्ट एण्ड इन्टरटेनमेन्टले भेट्रान फुटबल कपको पनि आयोजना गरेको छ। यसमा चार टिमले भाग लिएका छन्। भेट्रान फुटबल कपको उपाधिका लागि एड लेड खुकुरी फुटबल क्लब, गिरीश इभेन्ट स्पोर्टिङ क्लब, बियुएफसी एड लेड र नेपाली पाठशालाबिच प्रतिस्पर्धा हुने छ। प्रतियोगितामा प्रथम हुनेले एक हजार अष्ट्रेलियन डलर नगद, दोस्रो स्थान प्राप्त गर्नेले पाँच सय अष्ट्रेलियन डलर ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।
प्रतिक्रिया