काठमाडौँ ।
बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन १५५ केजी रहेको पुष्टि भएको छ। आज टक्सार विभागजमा सुनको तौल लिइएकामा १५५ केजी रहेको पाइएको हो । आठ वटा पोकामा सुन ल्याइएको थियो।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिर निस्किसकेपछि सुन बरामद गरिएको हो। अहिलेसम्म यो प्रकरणमा ६ जना पक्राउ परेका छन्।
बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको हो ।
राजस्व अनुसन्धान विभागको टोलीले सुन जिम्मा लगाएर फर्किएपछि टक्सार महाशाखाले ढुकुटीमा राखेको हो।
रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो ।
उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ।
प्रतिक्रिया