काठमाडौँ ।
श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको छ।
समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले यूएईलाई ३ विकेटले पराजित गरेको हो। यूएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो।
नेपाललाई जित दिलाउन कुशल भुर्तेलले सर्वाधिक ७१ रन तथा देव खनाल र सन्दीप जोराले समान २४-२४ रन जोडे। यूएईका मोहम्मद फराजुदिनले सर्वाधिक ५ तथा मुहम्मद जवादुल्लाहले १ विकेट हात पारे।
यसअघि पी सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन जोडेको थियो। यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रनको योगदान गरे। इथान डी’सुजाले १८, अश्वन्थ भालथापाले १६ तथा आर्यान्स शर्माले १४ रन जोडे ।
नेपालका लागि कुशल भुर्तेलले ६ तथा मौसम ढकालले २, कुशल मल्ल र पवन सर्राफले १(१ विकेट लिए।
प्रतिक्रिया