एसिया इमर्जिङ टिम्स कपः यूएईले नेपाललाई दियो १५८ रनको लक्ष्य

एसिया इमर्जिङ टिम्स कपः यूएईले नेपाललाई दियो १५८ रनको लक्ष्य


काठमाडौँ ।

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा यूएईले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ। पी सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन जोड्यो।

यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रनको योगदान गरे। इथान डी’सुजाले १८, अश्वन्थ भालथापाले १६ तथा आर्यान्स शर्माले १४ रन जोडे। नेपालका लागि कुशल भुर्तेलले ६ तथा मौसम ढकालले २, कुशल मल्ल र पवन सर्राफले १(१ विकेट लिए।

अहिले नेपाल ब्याटि गरिरहेको छ। ताजा अवस्थामा ४ ओभर खेल्दा नेपालले एक विकेटको क्षतीमा २४ रन बनाएको छ।