मानसिक स्वास्थ्यबारेको सन्देश मूलक गीत ‘बोल उकुसमुकुस बोल’ सार्वजनिक (भिडियोसहित)

मानसिक स्वास्थ्यबारेको सन्देश मूलक गीत ‘बोल उकुसमुकुस बोल’ सार्वजनिक (भिडियोसहित)


काठमाडौँ ।

मानसिक स्वास्थ्यबारेको सन्देश मूलक गीत ‘बोल उकुसमुकुस बोल’ सार्वजनिक भएको छ। समाजको तीतो यथार्थ समेटेको गीत  ‘बोल उकुसमुकुस बोल’ गीतमा प्रदीप लामा र अनुप ओझाले संयुक्त स्वर दिएका छन्। 

अनुप ओझाकै शब्द तथा संगीतमा रहेको गीतलाई सलिन मगरले एरेन्ज गरेका हुन्। प्रदीप लामाले निर्देशन गरेको गीतको भिडियोको कोरियोग्राफी लामा र केविका खत्रीले संयुक्त रूपमा गरेका हुन्। गीतको भिडियो टोखा, बालुवाखानी र ललितपुरको एक स्टुडियोमा छायांकन गरिएको हो। 

भिडियोमा विष्णु नेपाल, केविका खत्री, अनुप ओझा र प्रदीप लामाले अभिनय गरेका छन्। भिडियोलाई पवन सुस्लिङले छायांकन र सम्पादन गरेका हुन्। द नेक्स्ट टिमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियो एस स्टडी एजुकेसन भिजाले निर्माण गरेको हो। 

शैक्षिक असफलता, जागिर गुमाउनुको पीडा, सम्बन्धमा दरार र निराशा लगायत कारण आत्महत्या गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै जीवनप्रतिको उमंग जगाउनु गीतको उद्देश्य रहेको एस स्टडी एजुकेसन भिजाका निर्देशक तथा यस गीतको भिडियोका मुख्य पात्र विष्णु नेपालले बताए। 

उनले केबीसी खबरसँग कुरा गर्दै भने, मनमनै बाँधिराखेको उकुसमुकुस खोलौँ, आपसमा कुरा गरौँ, जीवन एक उत्सव हो, आत्महत्या समस्याको समाधान होइन।

‘बोल उकुसमुकुस बोल’ गीतको भिडियोका मुख्य पात्र विष्णु नेपाल

अहिले समाजमा चलिरहेको परिपाटी देखेर नै यो गीतको निर्माण गरिएको भन्दै गीतको भिडियो हेरेर जीवन कति अमूल्य छ भनेर एक जना मान्छेलाई परिवर्तन गर्न सकेऊ भने मा गीतको भिडियो बनाएको सार्थक हुने बताए। 

उनले यस्तो सन्देश दिने गीतको भिडियोमा खेल्न पाउँदा खुसी भएको भन्दै सक जति क्यारेक्टरमा डुबेर अभिनय गरेको उनले भन्दै गीत हेरेर सबेले अभिनयको तारिफ गरेको उनले बताए।  

गीतको भिडियोका मुख्य पात्र विष्णु नेपाल विगत १६ वर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेका छन्। गीतको निर्माण गरेको एस स्टडी वल्र्डले विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई शैशिक परापर्श दिने काम गर्देछ। मुख्य कार्यालय अस्ट्रेलियाको सिड्नीमा रहेको एस स्टडीको अस्ट्रेलियार्क होबार्ट, नेपालको काठमाडौ र पोखरामा शाखाहरू रहेका छन्।