काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा भारत ‘ए’ सँग नेपाल ९ विकेटले पराजित भएको छ।
पराजयसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेटको पराजय भोगेको थियो।
१६८ रनको लक्ष्य भारतले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। भारतका लागि अभिषेक शर्माले ८७ रन तथा साई सुदर्शनले ५८ रन बनाए।
नेपालका लागि कप्तान रोहित पौडेलले १ विकेट लिए।
यसअघि समूह ‘बी’ अन्तर्गत आर प्रेमादासा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनायो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाए। गुल्सन झाले ३८ रनको योगदान गरे। देव खनाल १५ रन तथा सोमपाल कामी १४ रनमा आउट भए।
भारतका लागि निशान्त सिन्धुले सर्वाधिक ४ विकेट, राजवर्धन हंगारकरले ३ विकेट र हर्सित रानाले २ विकेट हात पारे। मानव सुथारले १ विकेट लिए।
प्रतिक्रिया