काठमाडौँ ।
टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को आयोजना हुने भएको छ। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा केही सातापछि डिजिटल र अनलाइन अडिसन सुरु हुन लागेको जानकारी दिइयो।
मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले शो गर्न लागिएको जनाइएको छ ।
आयोजक एजे इन्टरटेनमेन्टले केही महिनापछि शोको प्रसारण सुरु हुने जानकारी दियो। यो शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको भूमिकामा हुनेछन्। होस्टको रुपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहनेछन्।
प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ। अजय पोखरेलको अध्यक्षता भएको पत्रकार सम्मेलनमा लोकगायिका कोमल वली, समाजसेवी रमेशबाबु श्रेष्ठ, गायक पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, कृष्ण रेउले, दीपक खड्का लगायतको उपस्थिति थियो। ‘दोहोरी आइकन’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने निर्णायकले बताएका थिए।
प्रतिक्रिया