काठमाडौँ ।
सरकारले ६ वटा देशका लागि राजदूत सिफारिस गरेको छ। यसअघि रिक्त रहेका ६ देशमा राजदूत नियुक्तिलाई लागि सिफारिस गरिएको हो।
सिफारिसमा पर्नेहरूमा अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, युनाइटेड अरब इमिरेट्सको लागि तेजबहादुर क्षेत्री, कुवेतको लागि घनश्याम लल्साल, थाइल्यान्डको लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधिर भट्टराई र जेनेभास्थित स्थायी नियोगको लागि रामप्रसाद सुवेदी रहेका छन्।
प्रतिक्रिया