काठमाडौँ आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लू

काठमाडौँ आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लू


कामठाडौँ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका छन्।

अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौँ आइपुगेका हुन्।

उनले आजै ४ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।