थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षमा पुनः दिप नारायण चौधरी निर्वाचित

थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षमा पुनः दिप नारायण चौधरी निर्वाचित


मेलबर्न अष्ट्रेलिया ।

थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षमा पुनः दिप नारायण चौधरी निर्वाचित भएका छन्। शनिबार सिड्नीको ईन्द्रेणी फंक्सन सेन्टर रकडेलमा सम्पन्न भएको अधिवेशनले वर्तमान अध्यक्ष दीपनारायण चौधरीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो।

नवगठित कार्य समितिको उपाध्यक्षहरुमा निमेष लेखि र बिनय चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा सिम्रिका चौधरी, पब्लिक रिलेशन अफिसरमा अरुण आर्यण चौधरी, कल्चरल सक्रेटरीमा पूजा चौधरी, स्पोर्ट्स सेक्रेटरीमा सिद्दान्त चौधरी र आइटी कोअर्डिनेटरमा उमेश चौधरीलाई चयन गरेको छ।

त्यस्तै नयाँ कार्यसमितिको सदस्यमा रितु चौधरी, सुनाम चौधरी, मधुकर चौधरी, उपशना चौधरी, रञ्जना चौधरी, नजमा चौधरी, श्वेता चौधरी, रञ्जना चौधरी, सागर चौधरी, मिलन चौधरी, सुनिल चौधरी,आर्यण चौधरी थारू रहेका छन्।

महिला संयोजकमा मिश्रा कुमारी चौधरी र सहसंयोजकमा सुनिता चौधरी चयन भएका छन्। अधिवेशनले रामेश्वर चौधरीलाई वरिष्ठ सल्लाहकार तथा दुर्गानन्द चौधरी र जानुका चौधरी सल्लाहकार चयन गरेको छ।

कार्यक्रममा संस्थाका पव्लिक अफिसर अरूण चौधरीले स्वागत मन्तव्य व्यक्त राखेका थिए। महासचिव पृथ्वी चौधरीले संस्थाको स्थापना काल देखि हालसम्म भएका कार्यप्रगति र गतिबिधिहरु प्रस्तुत गरेका थिए। त्यस्तै कोषाध्यक्ष रिंकु चौधरीले संस्थाको आय व्यय प्रस्तुत गरेका थिए। पुन अध्यक्षमा निर्बाचित दिप नारायण चौधरीले संस्थालाई अझै सवल बनाउँदै, विविध परोपकारी कार्यहरुसहित थारू समुदाय तथा विद्यार्थीहरुलाई पर्ने विभिन्न समस्यामा विगतमा जस्तै संस्थाले सहयोगीको रुपमा काम गर्ने बताए।

२४ औं विश्व आदिबासी दिवसको अवसर पारेर ९ अगस्ट २०१८ मा अस्ट्रेलियामा संस्था स्थापना गरिएको थियो।

थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाले समुदायमा हुने बिबिध सामाजिक एबम परोपकारी कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ। सोसाईटीले सांस्कृतिक बिबिधता भएको थारु समुदायको कला, भाषा संस्कृति, रहन सहन र चाड पर्वमा अष्ट्रेलियामा बिभिन्न कार्यक्रम गर्दै आएको छ।