काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेकोप्रति दुख व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले हेलिकप्टर दुर्घटनाको समाचारले दुखी तुल्याएको उल्लेख गरेका छन्।
उनले दुर्घटनामा परी मृत्यु भएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशन दिएका छन्।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त भएको छ।
हेलिकप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ। हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए। अन्य पाँचजना मेक्सिकोका नागरिक हेलिकप्टरमा चढेका थिए। हेलिकप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए।
सुर्केबाट उडेको मनाङ एयरको नाइन एन(एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना अवस्थामा भेटिएको हो।
प्रतिक्रिया