आज संघीय सदनका दुवै बैठक बस्दै, हट्ला त प्रतिपक्षको अवरोध ?

आज संघीय सदनका दुवै बैठक बस्दै, हट्ला त प्रतिपक्षको अवरोध ?


काठमाडौँ ।

प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ।

संघीय संसद्‌ सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन्। जसअनुसार राष्ट्रियसभाबाट उत्पति भएको नेपाल विश्वविधालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

र, आजै सो विद्येयकमाथि संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखिएको छ। त्यस्तै मुलुकी संहिता सम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। केही दिनदेखि नेकपा एमालेले लगातार संसद्‌ अवरुद्ध गरेपछि तीनदेखि एउटै कार्यसूची राखिएको छ।

यस्तै आज राष्ट्रियसभाको बैठक पनि बस्दैछ। संघीय संसद्‌ भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ११ः०० बजे बोलाइएको छ। संघीय संसद्‌ सचिवालयले सार्बजनिक गरेको कार्यसूची अनुसार शुक्रबारको बैठकमा बिनियोजन बिद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ।

जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालयमाथिको बजेटमाथि छलफल हुनेछ।

साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि पनि छलफल हुनेछ।

एमालेले आज पनि संसद् अवरुद्ध गर्ने जनाएको छ।